गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

गण्डकीमै पहिलो पटक धौलागिरीमा अकुपंचर सेवा



बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयमा क्षारसुत्र सर्जरी र अकुपंचर सेवा सुरु भएपछि बिरामीको चाप बढ्न थालेको छ । सरकारी स्वास्थ्य संस्थामा गण्डकी प्रदेशमै पहिलोपटक औषधालयले अकुपंचर सेवा सुरु गरेको हो ।

नीजि क्लिनिकहरुमा महंगो शुल्क तिरेर सेवा लिँदै आएका बिरामीले सरकारी स्वास्थ्य संस्थाबाट सस्तोमा सेवा लिन पाएपछि औषधालयमा बिरामीको चाप बढेको हो । औषधालयले गत असोजदेखि छारसुत्र सर्जरी र अकुपंचर सेवा सुरु गरेको हो ।

औषालयमा अहिले दैनिक ५० भन्दा बढी बिरामीहरु सेवा लिन आउँछन् । ती मध्ये १० जना अकुपंचर र ५ जना क्षारसुत्र गुँदद्वारसँग सम्बन्धित  समस्याको उपचारका  लागि आउने गरेको औषधालयका प्रमुख चिकित्सक शरद पन्थीले बताए । औषधालयले बिहान १० बजेदेखि ३ बजेसम्म ओपिडी सेवा सञ्चालन गर्दै आएको छ । नियमित आयुर्वेद चिकित्सका थेरापी, अकुपंचर, तेल मासिल, बाफले सेक्ने, प्रयोगशाला सेवा लिन आउने बिरामीहरु उत्तीकै छन् ।

‘प्रदेशभर खुलेका निजी अकुपंचर, आयुर्वेद सेवाहरु प्रशस्त छन्, त्यहाँ धेरै शुल्क लिइन्छ,’ डा. पन्थीले भने ‘म आँफै अकुपंचर बिषेशज्ञ भएकाले पनि प्रदेशमानै पहिलो पटक सरकारी स्वास्थ्य संस्थामा हामिले यहाँ सेवा सुरु गरेका हौं ।’

हाडजोर्नीको दुखाई लगायतका समस्याका लागि यो उपचार बिधि उपयुक्त हुने उहाँनले बताउनुभयो । अकुपंचर सेवा लिन आउने बिरामीले एक पटकमा एक सय ५० रुपैयाँ तिर्नु पर्छ । यो शुल्क नीजि क्लिनिकहरुमा भन्दा धेरै सस्तो हो । अकुपंचरकै लागि काठमाडौंका आयुर्वेद अस्पतालहरुमा जानुपर्ने बिरामीको बाध्यता अन्त्य भएको औषधालयका चिकित्सक कमलविक्रम पौडेलले बताए ।

अकुपंचरसँगै क्षारसुत्र सर्जरी पनि प्रभावकारी बन्दै गएको छ । पाईल्स, फिसर र फिस्टुलाको शल्यकृया मार्फत उपचार थालेपछि दिनकै दशजना बिरामी उपचारका लागि आउने गरेको पौडेल बताउँछन् । बागलुङमा पहिलोपटक यो सेवा सुरु भएको हो । औषधालय व्यवस्थापन समितिले तोकेको ५ हजार रुपैयाँ शुल्कमा यहाँ शल्यक्रियामार्फत् उपचार हुने गरेको छ ।

‘नीजि स्वास्थ्य संस्थाहरुमा मनामानी शुल्क छ, एउटै शल्यक्रियाको तीस, चालिस हजार लिन्छन्,’ उनले भने ‘अस्पतालले सुरु गरेपछि धेरै बिरामी यहाँ आउनुभएको छ ।’ धौषधालयले प्रबर्धानत्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक सेवाहरु प्रदान गर्दै आएको छ । प्रबर्धानत्मक सेवामा ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवद्र्धन सेवा, स्तनपान गराइरहेका आमालाई मातृशिशु सुरक्षाका लागि दुग्धबर्धक जडीबुडीजन्य औषधि वितरण र योग सेवा, प्रतिकारात्मक सेवामा जीवनशैली परामर्श र योग सेवा, प्रयोगशाला सेवा, ओपिढि पञ्चकर्म, पूर्वकर्म, योग, अकुपञ्चर र फिजियोथेरापी सेवा प्रदान गर्दै आएको छ ।

Download: गण्डकीमै पहिलो पटक धौलागिरीमा अकुपंचर सेवा