गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

गाउँमै आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा सर्वसाधारण खुसी



बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका सर्वसाधारणले गाउँमै आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा खुसी व्यक्त गरेका छन् । धौलागिरी आयुर्वेद औषधालय बागलुङले आयोजना गरेको स्वास्थ्य प्रबर्धनका लागि जीवनशैली परिवर्तन र योग कार्यक्रममा सहभागि भएपछि सर्वसाधारणले खुसी व्यक्त गरे ।

जैमिनी नगरपालिकाको स्थानीय संयोजनमा सञ्चालित दुई दिने कार्यक्रममा सर्वसाधारणको उल्लेख्य उपस्थिती थियो । बिहिबार र शुक्रबार गरी दुई दिन सञ्चालन भएको कार्यक्रममा पहिलो दिनको तुलनामा दोस्रो दिन सर्वसाधारणको सहभागिता बढेको थियो ।

कार्यक्रममा पहिलो दिन स्वास्थ्य जीवनशैलीको बिषयमा जानकारी गराईएको थियो भने दोस्रो दिन जीवनशैली मापन, रक्तचाप परीक्षण र रगतमा चिनीको मात्रा जाँच गरिएको थियो । कार्यक्रमले सहभागीमा आयुर्बेद सम्बन्धी जनचेतना वृद्धि भएको, नसर्ने रोग र जीवनशैलीबारे जानकारी भएको, योग, ध्यान र ब्यायामको अन्तर र जीवनमा यसको महत्वको बिषयमा जानकारी भएको औषधालयका प्रमुख चिकित्सक सरद पन्थीले बताए ।

स्थानीय जडिबुटी र भान्साका जडिबुटीको परिचय तथा तीनको प्रयोगका बिषयमा पनि जानकारी गराईएको थियो । कार्यक्रममा डा. शरद पन्थी, डा. कमल बिक्रम पौडेल, एकराज ढुंगाना, डा. लक्ष्मी प्रसाद शर्मा, सुनिल बहदुर थापा, ल्याव टेक्नीसियन मनाेज भुसाल लगायतले सहजीकरण गरेका थिए ।

Download: गाउँमै आयुर्वेदिक स्वास्थ्य उपचार र परामर्श सेवा पाउँदा सर्वसाधारण खुसी