गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

धौलागिरी आयुर्वेद औषधालय

बाग्लुङ – ०२, गण्डकी प्रदेश

काठेखोला गाउपालिका -५ करलिममा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन भएको छ।



धौलागिरी आयुर्वेद औषधालय बागलुङको आयोजना एवम् काठेखोला गाउँपालिका, ५ नम्बर वडा कार्यलयको सहकार्यमा काठेखोला गाउपालिका -५ करलिममा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन भएको छ। कार्यक्रममा डा. शरद पन्थी, डा. कमल बिक्रम पौडेल लगायतको स्वस्थ्यकर्मीको टोलीले जेष्ठ नागरिकको रक्तचाप जाँच, रगतमा चिनीको जाँच, सामान्य स्वास्थ्य परीक्षण सहित रसायन औषधि वितरण गरी स्वास्थ्य परामर्श प्रदान गरिएको थियोे । सो क्रममा ५६ जना जेष्ठ नागरिकले स्वास्थ्य सेवा लिनुभएको थियो । जसमध्ये २४ जनामा उच्च रक्तचापजन्य समस्या र ४ जनामा रगतमा चिनीको मात्रा अधिक देखिएको थियोे

Download: काठेखोला गाउपालिका -५ करलिममा जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम संचालन भएको छ।